Rule 11
नियन्त्रकको काम, कर्तव्य तथा अधिकार
ऐनको दफा १४ मा उल्लेख भएका काम, कर्तव्य र अधिकारको अतिरिक्त नियन्त्रकको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः-
(क) प्रमाणीकरण गर्ने निकायले गरेका कामको अनुगमन गर्ने, गराउने,
(ख) प्रमाणीकरण गर्ने निकायले इजाजतपत्रमा उल्लेख भए बमोजिम काम गरे नगरेको सम्बन्धमा आवश्यक सुपरीवेक्षण गरी नगरेको भए सो बमोजिम गर्न लगाउने,
(ग) प्रमाणीकरण गर्ने निकायले प्रदान गर्ने सेवाको गुणस्तरको मापदण्ड निर्धारण गर्ने,
(घ) प्रमाणीकरण गर्ने निकायलाई इजाजतपत्र जारी गर्दा तोक्नु पर्ने शर्त निर्धारण गर्ने,
(ङ) आवश्यकता अनुसार परीक्षकको नियुक्ति गर्ने,
(च) परीक्षकले गर्ने काम कारबाहीको अनुगमन गर्ने,
(छ) नेपाल सरकारले समय समयमा तोकिदिएका काम गर्ने, र
(ज) ऐन वा यस नियमावलीको उद्देश्य कार्यान्वयन गर्न आवश्यक पर्ने अन्य काम गर्ने ।